एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो « Khabarhub

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘ए’को खेलमा सिंगापुरलाई ३–२ गोलले पराजित गरेको छ ।

भुटानले फिफा वरियतामा आफू भन्दा ३२ स्थानमाथि रहेको सिंगापुरलाई हराएको हो । वरियतामा सिंगापुर १३९ औं स्थानमा छ भने भुटान १७१ औं स्थानमा छ ।

सोमबार भएको खेलको पहिलो मिनेटमै येशे बिधाले सिंगापुरको डिफेन्सबाट क्लियर नभएको बललाई सदुपयोग गर्दै भुटानलाई सुरुआती अग्रता दिलाइन्। तर नवौं मिनेटमै सिंगापुरकी अर्ध्रा गणेश्वरनले रिबाउन्डमा गोल फर्काउँदै स्कोर बराबरीमा ल्याइन्।

२६औं मिनेटमा भने भुटानी गोलकिपर संगिता मङ्गरको गल्तीले सिंगापुरलाई २–१ को अग्रता दिलायो। डोर्जी एडोनको ब्याकपासलाई संगिताले नियन्त्रण गर्न नसकेपछि बल सिधै गोल पोस्टमा पुग्यो।

तर दोस्रो हाफमा भुटानले उत्साहजनक प्रदर्शन गर्‍यो। ६७औं मिनेटमा डोर्जी एडोनकै हेडमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काइन्।

खेलको ८७औं मिनेटमा धेकी ल्हाजोमको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको बलमा सुनिता राईले समयमै प्रतिक्रिया जनाउँदै निर्णायक गोल गरिन्।

यस जितसँगै भुटानले प्रतियोगितामा पहिलो जित निकाल्दै उत्साह बढाएको छ। अब भुटानले आगामी बिहीबार लेबननसँग प्रतिस्पर्धा गर्नेछ भने सिंगापुरले इरानको सामना गर्नेछ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ४७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का