आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अगष्ट ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। स्वदेशमा रोजगारीको विकल्प देखिने छ। परिवारको साथमा रमाइलो हुनेछ।

वृष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। दाजुभाइसँग सहकार्य गरेमा सामान्य नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। संयुक्त लगानीबाट नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। स्वास्थ्यले साथ दिनेछ। कृषि सम्बन्धी कारोबारमा नाफा हुनेछ। दूधको व्यापार गरेको भए फाइदा हुने योग छ। राजनीतिमा भए तपाईंको तर्कको सम्मान हुनेछ। थोरै बोल्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगातार मिहिनेत गरेमा शिक्षामा प्रगति हुनेछ। परिवारमा विवाद बढ्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

कन्या : दिन सामान्य छ। कामको बोझ एकपछि अर्को थपिने छ। श्रमको शोषण हुनेछ। स्वास्थ्यले साथ दिनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कलाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीको स्रोत सबल बन्नेछन्। स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ। जागिरमा बढुवा हुनेछ। राजनीतिक साथीसँगको भेटले मन प्रशन्न हुनेछ।

धनु : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारको योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। अनावश्यक यात्रामा समय र सम्पत्ति खर्च हुनेछ। साथीहरु तपाईंसँग आक्रामक देखिने छन्। तपाईंको नाममा ठुलो लगानी नगर्नु उचित हुन्छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

कुम्भ : दिन राम्रो छ। नयाँ कामको थाली हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। धार्मिक ज्ञानले मन शान्त बन्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : दिन सामान्य छ। सोचेको काममा अवरोध आउने छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : ५० बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ