आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अगष्ट ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। स्वदेशमा रोजगारीको विकल्प देखिने छ। परिवारको साथमा रमाइलो हुनेछ।

वृष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। दाजुभाइसँग सहकार्य गरेमा सामान्य नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। संयुक्त लगानीबाट नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। स्वास्थ्यले साथ दिनेछ। कृषि सम्बन्धी कारोबारमा नाफा हुनेछ। दूधको व्यापार गरेको भए फाइदा हुने योग छ। राजनीतिमा भए तपाईंको तर्कको सम्मान हुनेछ। थोरै बोल्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगातार मिहिनेत गरेमा शिक्षामा प्रगति हुनेछ। परिवारमा विवाद बढ्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

कन्या : दिन सामान्य छ। कामको बोझ एकपछि अर्को थपिने छ। श्रमको शोषण हुनेछ। स्वास्थ्यले साथ दिनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कलाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीको स्रोत सबल बन्नेछन्। स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ। जागिरमा बढुवा हुनेछ। राजनीतिक साथीसँगको भेटले मन प्रशन्न हुनेछ।

धनु : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारको योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। अनावश्यक यात्रामा समय र सम्पत्ति खर्च हुनेछ। साथीहरु तपाईंसँग आक्रामक देखिने छन्। तपाईंको नाममा ठुलो लगानी नगर्नु उचित हुन्छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

कुम्भ : दिन राम्रो छ। नयाँ कामको थाली हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। धार्मिक ज्ञानले मन शान्त बन्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : दिन सामान्य छ। सोचेको काममा अवरोध आउने छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : ५० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य