हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा | Khabarhub Khabarhub

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

शीत युद्धपछि अझै थपियो होडबाजी


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९ तारिख। जापानी इतिहासको सबै भन्दा खराब दिन हुन्। ६ अगस्ट १९४५ मा हिरोसिमामा अमेरिकाले ‘लिटल ब्वाई नामको बी-२९ आणविक बम खसालेको थियो। त्यसको तीन दिनपछि नागासाकीमा पनि एटम बस खसालियो। त्यस समयमा एक लाख १० हजार जनाको ज्यान सो आक्रमणले लिएको थियो। विकिरणयुक्त रोगको असर धेरै वर्ष देखिएको थियो। धेरै जना घाइते भएका थिए। त्यो घटनाकै कारण दोस्रो विश्व युद्धको अन्त्य गराएको थियो। तर जापानीका लागि सोही समय सदाका लागि बिर्सन लायक दिन हो।

घटनाका जीवित र मृतकका आफन्त बुधबार हिरोसिमाको स्मारक पार्कमा भेला भए। मृतकको समाधि स्थलमा पुगेर देशका उच्च ओहदाका व्यक्तिले उनीहरूलाई सम्झिए। ‘अहिले पनि संसार आणविक शक्तिको नाममा विभाजित छ। समय समयमा चेतावनी दिइन्छ। यो वातावरण साँच्चै दुःखद हो’, वर्तमान विश्व राजनीतिमा असन्तुष्टि जनाउँदै जापानी प्रधानमन्त्री सिगेरु इसिबाले भने। गत वर्ष नोबेल शान्ति पुरस्कार पाएका निहोन हादयन्को समाधिस्थल पुगेका थिए। उनले आणविक हतियार निःशस्त्रीकरणका लागि आफ्नो आवाज र अभियान जारी राखेका छन्। ‘आणविक शक्ति भएका देशले नै त्यो पीडा कस्तो हुन्छ भन्ने महसुस गर्नु आवश्यक छ,’ उनले भने।

अहिले संसारमा फेरि आणविक हतियार प्रयोगको त्रास बढेको छ। सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यो त्रास बढेको हो। इरानबाट त्रसित भएकै कारण अमेरिकाले गत महिना तेहरानको आणविक केन्द्रमा लक्षित गर्दै आक्रमण गरेको हो।

‘अहिले पनि संसार आणविक शक्तिको नाममा विभाजित छ। समय समयमा चेतावनी दिइन्छ। यो वातावरण साँच्चै दुःखद हो’, वर्तमान विश्व राजनीतिमा असन्तुष्टि जनाउँदै जापानी प्रधानमन्त्री सिगेरु इसिबाले भने।

भारत र पाकिस्तानको लामो समयदेखि काश्मीरको विषयमा विवाद छ। हिरोसिमामा खसालिएको एटम बम १५ किलो टन बराबरको थियो। अहिले अमेरिकासँग भएको आणविक हतियारको क्षमता १.२ मेघा टन बराबरको छ। यो मेघा टनको उपज हिरोसिमामा भएको बमको भन्दा ८० किलो बढी हो। एउटै मात्र हतियार पनि मेघा सहरमा विस्फोट भएमा यसले क्षण भरमा दशौँ लाख मानिसको ज्यान लिनसक्छ।

संसारका शक्तिशाली आणविक देश
स्कटहोमस्थित शान्ति अनुसन्धान परिषद्का अनुसार अहिले ९ वटा देशमा यस्ता हतियार छन्। आणविक हतियार भएका देशमा अमेरिका, रुस, चीन, फ्रान्स, बेलायत, उत्तर कोरिया, भारत, पाकिस्तान र इजरायल आणविक शक्तिले सुसज्जित देश हुन्।

रिपोर्ट अनुसार अमेरिका र रुस ९० प्रतिशत आणविक हतियारले सुसज्जित छन्। हरेक दिन उनीहरू यसको विकासमा सक्रिय छन्। यसैबिच संसारमा चलेका आणविक निःशस्त्रीकरण अभियानमा सबै भन्दा टाउको दुखाइको विषय उत्तर कोरिया बनेको छ। उत्तर कोरियाली राष्ट्रपति किम उङ जुनकी बहिनी किम जो जङले त अमेरिका र दक्षिण कोरियाको कुनै पनि प्रस्ताव मान्य नहुने बताएकी छिन्।

संसारमा आणविक हतियारमा पहिलो देश रुसलाई मानिन्छ। रुससँग पाँच हजार चार सय ४९ वार हेड आणविक हतियार छ। दोस्रोमा अमेरिका छ। अमेरिका रुस भन्दा धेरैपछि छैन। अमेरिकासँग पाँच हजार दुई सय ७७ वार हेड आणविक हतियार छ। अहिले चीनले आफूलाई बलियो आणविक शक्ति बनाउने अभ्यासमा अघि बढी रहेको जनाइएको छ।

सन् २०२५ को सुरुवातमा निकालिएको आँकडा अनुसार संसारमा १२ हजार दुई सय ४१ वार हेड छन्। यसमा रुस र अमेरिकाले ८७ प्रतिशत हिस्सा ओगटेका छन्।

दुई आणविक छिमेकीको शत्रुता
कुनै पनि समय कुनै पनि स्थानमा आणविक हतियार प्रयोग गर्नु दुर्भाग्यपूर्ण हुन्छ। गत मे महिनामा भने संसारका लागि सबै भन्दा डरलाग्दो समय देखिएको थियो।

मेमा काश्मीर विवादले भारत र पाकिस्तान सीमामा भएको झडप चार दिनमा नै अन्त्य भयो। त्यसले सम्भाव्य खतरा चार दिनमा नै युद्ध विराममा परिणत भएको थियो। सोही समयमा संसारमा दुई देशको युद्ध अहिलेसम्मकै संसारको सबैभन्दा कहालीलाग्दो युद्ध हुनसक्ने सम्भावनाको रूपमा पनि हेरिएको थियो।

यसको मूल कारण भनेको यी दुवै देश आणविक शक्ति राष्ट्र हुन्। साथमा सबै भन्दा धेरै जनघनत्व भएको देश समेत हुन्। चार दिनमा नै भारत र पाकिस्तानबिच युद्ध विराम हुनु संसारकै लागि खुसीको विषय भएको छ।

भारतमा आणविक ऊर्जाको विकास प्रधानमन्त्री जहावारलाल नेहरुको कार्यकालमा भएको हो। अहिले भारत हतियारमा समेत अग्रणी भएको मानिन्छ। भारतले आफूसँग हतियार भए पनि आफूले पहिलो प्रहार नगर्ने नीति लिएको छ। भारतको आणविक नीति अनुसार अन्य कुनै देशले आफ्नो भूभाग र या आफ्ना सेना या सर्वसाधारणलाई लक्षित गर्दै आणविक हतियार प्रयोग गरे आफूले पनि गर्नसक्ने जनाइएको छ।

पाकिस्तानले भने आणविक हतियारको बारे आफ्नो नीति सार्वजनिक गरेको छैन। यसको पाकिस्तानले जुनसुकै समय आणविक हतियार प्रयोग गर्न सक्ने आशंका र त्रास पनि भू राजनीतिका ज्ञातामा रहने गरेका छ।

सन् २०२४ को मेमा पाकिस्तानी आणविक कमान्ड एजेन्सीका सल्लाहकार किडवाईले पाकिस्तानको नो फस्ट युज नीति भएको बताएका थिए। पाकिस्तानको यो नीतिकै कारण कुनै पनि युद्धमा पाकिस्तानको उपस्थितिलाई सबै भन्दा जोखिम युक्त मानिएको हो।

यो एउटा सम्भावना मात्र हो। तथापि आणविक हतियारको पीडा जापानले जसरी भोगको छ। त्यो अन्य धेरैका लागि सधैँका लागि पाठ हो। संसारमा अहिले जारी सबै युद्ध अन्त्यको आवश्यकतालाई फेरि अगस्ट महिनाले सम्झाएको छ। स्रोत: सिएनएन, अल जजिरा, आइक्यान

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : ४९ बजे

कर्णाली विकास बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश

नेपालगञ्ज– नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

चितवन– भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ

भेडाको ऊन प्रयोग हुन छाडेपछि मौलिक सामग्री लोप हुँदै

म्याग्दी– दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला