टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्बिरहरू) « Khabarhub

टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्बिरहरू)


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेष्ट भएको छ ।

बिहीबार बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेष्ट भएको हो ।

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन्।

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।

नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी-२० आई श्रृड्ंखला खेल्दै छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : ३४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा