प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिस्री « Khabarhub

प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिस्री


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री आगामी साउन ३१ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउने भएका छन्।

दुई दिने यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको टुंगो लगाउने छ । मिस्री एक वर्षको बीचमा दोस्रो पटक नेपाल आउन लागेका हुन् ।

भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मिस्रीको भ्रमण तालिका पुष्टि गरेका छन्।

मिस्री काठमाडौँ आइपुगेपछि द्विपक्षीय परियोजनाहरूको प्रगतिबारे पनि समीक्षा हुनेछ । खासगरी भारतद्वारा लगानी गरिएका विकास आयोजनाहरूको प्रगतिबारे छलफल गर्ने कार्यक्रम राखिएको छ।

‘नेपालको निम्तोमा विदेश सचिव मिस्री साउन ३१ गते दुई दिने नेपाल भ्रमणमा आउनुहुनेछ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी र विभिन्न विकास परियोजनाहरूको प्रगतिबारे छलफल गर्नु रहेको छ।

यो भ्रमणले दुई छिमेकीबीच भइरहेको कूटनीतिक संवादलाई निरन्तरता दिने छ । मिस्रीले नेपाल भ्रमणका क्रममा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिनेछन् ।

प्रधानमन्त्री ओलीले २०८१ असार ३१ गते तेस्रो पटक पदभार ग्रहण गरेपछि भारत भ्रमणमा जान सकेका छैनन् । ओ‌लीसँगको असन्तुष्टिका रुपमा समकक्षी नरेन्द्र मोदीले लामो समयसम्म निम्ता पठाएका थिएनन् ।

त्यहीकारण ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा गएका थिए । त्यहाँ बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामा दुई देशबीच हस्ताक्षर भएको थियो ।

तेस्रो पटक प्रधानमन्त्री बनेको झन्डै १५ महिनापछि ओली भारत भ्रमणमा जानेछन् ।

मिस्रीको भ्रमणपछि ओलीको भारत भ्रमण आगामी भदौ अन्तिम या असोज पहिलो साताका लागि तय हुने अपेक्षा गरिएको छ ।

ओली दुई दिने भारत भ्रमणमा जाने तयारी यसअघि भएको थियो । तर उनको भ्रमण अवधि लम्बिन सक्ने बताइएको छ । मिस्रीको भ्रमणपछि प्रधानमन्त्रीको भ्रमणको मिति, कार्यसूची र प्राथमिकता तय हुनेछन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : ५९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज