देशका प्रमुख राजमार्ग ११ ठाउँमा अवरुद्ध, १३१ स्थानमा एकतर्फी « Khabarhub

देशका प्रमुख राजमार्ग ११ ठाउँमा अवरुद्ध, १३१ स्थानमा एकतर्फी


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनसुनी झरीका कारण चलेको बाढीपहिरो, निर्माण र मर्मतमा गरिएको हेल्चेक्य्राइँका कारण यतिखेर देशका प्रमुख राजमार्ग ११ ठाउँमा अवरुद्ध छ । राजमार्गका १३१ स्थानमा सवारी आवागमन एकतर्फी (वन वे) मात्रै छ ।

पूर्वदेखि पश्चिमसम्म नै प्रमुख राजमार्गका विभिन्न ठाउँमा यातायात अवरुद्ध रहेको सडक विभागले जानकारी दिएको हो । यो वर्षको वैशाख १ यता बाढी, पहिरो तथा अन्य कारणबाट २९९ स्थानमा राजमार्गहरू अवरुद्ध भएकोमा १३१ स्थानमा भने यातायात एकतर्फी चालु भएको छ ।

यो समाचार तयार पार्दै गर्दा आठ राजमार्गमा यातायात अवरुद्ध छ । ढुङ्गा र पहिरो झरिरहेकाले म्याग्दीको रुप्सेमा तानसेन-रिडी-कोरला राजमार्ग अवरुद्ध छ ।

चीनबाट साउन १४ गते चलेको बाढीले कटान गर्दा ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ-स्यफ्रुवेसी-रसुवागढी राजमार्ग रसुवाको रसुवागढी, टिमुरे, तातोपानी र कुलुङमा अवरुद्ध छ ।

तिब्बत स्रोत भएको ल्हेन्दे खोलामा चलेको विनाशकारी बाढीले क्षति पुर्‍याएको यो सडक कहिलेसम्म खुल्छ भन्नेबारे सरकारले कुनै जानकारी दिएको छैन ।

कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का खण्ड पनि यतिखेर अवरुद्ध छ ।

बाढीले सङ्खुवासभाको बरुण नदीमा बरुण नदीमा डाइभर्सन बगाएको, पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको र पानीको बहाव बढेको कारण डाइभर्सन पुनस्थापना गर्न नसकिएको विभागले जनाएको छ ।

पूर्वकै तमोर कोरिडोर पनि यतिखेर अवरुद्ध छ । ताप्लेजुङको फक्ताङलुङ वडा नं.५ र ६ जोड्ने तमोर नदीमाथिको रानीपुल बेलीबृज साउन ४ गते चलेको बाढीले बगाएपछि त्यहाँ आवागमन रोकिएको हो ।

शाखा बाटो र खोलाबाट आएको लेदोसहितको बाढीका कारण भेरी कोरिडोर पनि गत महिनादेखि नै अवरुद्ध छ । पश्चिम रुकुमको चौखा खोला रचटारगाढमा सडक अवरुद्ध भएको हो ।

डोल्पाको करपगाड खोलामा आएको बाढीले पुल सुरक्षित गर्न लगाइएको ग्याबिन जालीमै क्षति पुर्‍याएकाले त्यहाँ पनि यो कोरिडोर अवरुद्ध छ ।

शहीद मार्गअन्तर्गत कोईलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तिगाँऊ-थवाङ-लुकुम सडक पनि अहिले अवरुद्ध छ । पहिरो खसिरहेका कारण रोल्पाको पुतलाचौर ग्राम्जिममा पनि दुई दिनदेखि शहीद मार्ग अवरुद्ध छ ।

चार दिनअघि पूर्वी रुकुमको तकसेरा गेटनजिक ठूलो पहिरोले सडक नै सोहोरेपछि लुम्बिनी प्रदेशका पश्चिमी अधिकांश जिल्लामा पुग्ने प्रमुख सडक अवरुद्ध भएको हो ।

सालझण्डी-सन्धीखर्क-ढोरपाटन सडक पनि अवरुद्ध रहेको विभागले जानकारी दिएको छ । अर्घाखाँचीको रजौसामा तीन दिनअघि सडक अवरुद्ध भएको थियो । सडक खुलाउन एक्जाभेटर परिचालन गरिएको, तर भारी वर्षा भएका कारण हालसम्म सडक खुलाउन नसकिएको विभागले जानकारी दिएको हो ।

एकतर्फी सञ्चालनमा रहेका सडक :

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १ : २५ बजे

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

तनहुँ– हालैको वर्षाले तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति भएको

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि

काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन

पाशुपत क्षेत्रमा शतबीज छरियो (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अंकको वृद्धि

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल