बौद्धमा यस वर्षपनि रोपाइँ जात्रा मनाइने « Khabarhub

बौद्धमा यस वर्षपनि रोपाइँ जात्रा मनाइने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धमा यस वर्षपनि भव्य रूपमा रोपाइँ जात्रा मनाइने भएको छ ।  

गाईजात्रा तथा रोपाइँ जात्रा मूला समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रा साउन २६ गते भव्य रूपमा मनाउने जनाएको हो । बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाई) सो क्षेत्रको पहिचानका रूपमा छ ।

यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, वाल लाँखे, युवा लाँखे , झाँकी लगायत विभिन्न विधामा प्रतिस्पर्धीहरुलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिका संयोजक जयमंगल लामाले जानकारी दिए  ।  

त्यस्तै काठमाडौं महानगरपालिका– ६ का वडाअध्यक्ष भुवन लामाले ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्नका लागि महानगरबाट यस वर्ष १५ लाख विनियोजन गरिएको जानकारी दिए । आफ्नो टोल समाजमा भएका संस्कृतिलाई सबै मिलेर जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए ।  

गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । खेतीपातीको कार्य सम्पन्न गरिएको खुसीयाली साथ मनाइने यो जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरधुरीबाट सहभागी हुने चलन छ । 

बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीहरूले रोपाइँ गरिँदा गरिने अनेकन् क्रियाकलापहरू जस्तै: हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीहरूसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन् । 

जात्रामा सहभागी हुनेहरू विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसालचोकसम्म पुगी पुनः बौद्धस्तुप परिसरमा फर्कने गर्दछन् । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १ : ३५ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा