आयोगको राजनीतिक दल स्वःमूल्याङ्कन कार्यविधिमा एमाले पनि असहमत « Khabarhub

आयोगको राजनीतिक दल स्वःमूल्याङ्कन कार्यविधिमा एमाले पनि असहमत


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असहमति जाहेर गरेको छ।

स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको जनाउँदै एमालेले त्यसमा आयोगले हस्तक्षेप गर्न खोजेको जिकिर गरेको छ।

आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि बिहीबारसम्म सुझाव दिन राजनीतिक दलसहित सरोकारवालालाई आग्रह गरेको थियो।

‘स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो । संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ’, एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भने, ‘राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने हुन्छ ।’

उनले दलहरू स्वनियमनमा चल्नुपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत् गर्ने भएकाले यो कुरा दलको आफ्नै आन्तरिक विषय भएको बताए ।

सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयम्को आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति एमालेको अहसमति रहेको आचार्यको भनाइ छ ।

यसअघि बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विभिन्न दलको बैठकले पनि निर्वाचन आयोगको ‘राजनीतिक दलहरूको स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ संविधान र कानुनको मर्मविपरीत रहेको जनाएका थिए ।

सत्तारूढ कांग्रेस र प्रमुख विपक्षी एमालेबाहेकका दलहरूको सहभागी बैठकमा निर्वाचन आयोगले उक्त कार्यविधि एमालेको चहाना र इच्छाअनुसार ल्याएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो।

नेताहरूले आयोगको हालैको गतिविधि दलहरूको अधिकारमाथि हस्तक्षेप, असंवैधानिक अभ्यास थाल्ने र साना तथा वैकल्पिक दलहरूलाई निष्क्रिय बनाउने नियतले अघि बढिरहेको पनि ठहर गरेका थिए ।

माओवादी उपमहासचिव वर्षमान पुनले बैठकपछि भनेका थिए, ‘निर्वाचन आयोगले ल्याएको कार्यविधि संविधान र कानुनको परिधिबाहिरको हो भन्ने निष्कर्ष निकाल्यौँ । यस कार्यविधिले कांग्रेस र एमाले बाहेकका दलहरूलाई कमजोर पार्ने षड्यन्त्र देखिन्छ।’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  २ : ०७ बजे

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र