राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति विश्वप्रकाशको विमति « Khabarhub

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति विश्वप्रकाशको विमति


२२ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’को मस्यौदाप्रति विमति जनाएका छन् । 

उनले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर) पोस्टमार्फत् मस्यौदामा विमति जनाउँदै नमिल्ने विधिलाई आयोगमै टुङ्ग्याउन भनेका छन् । 

व्यक्तिगत धारणा र संस्थागत दृष्टिकोण भन्दै महामन्त्री शर्माले जनताले दलहरूको मूल्यांकन र संविधानले निर्देशन गर्ने प्रस्ट्याएका छन् ।  

‘राजनैतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो,’ उनले लेखेका छन्, ‘निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदाप्रति प्रस्ट विमति छ । नमिल्ने विधिको बाटो बहादुर भवनमै टुङ्गियोस् ।’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : ०२ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री