‘माग्ने राजा’को ट्रेलर : मिस पबी एक सेकेन्ड झुलुक्क, पज नगरी चिन्नै गाह्रो ! « Khabarhub

‘माग्ने राजा’को ट्रेलर : मिस पबी एक सेकेन्ड झुलुक्क, पज नगरी चिन्नै गाह्रो !


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माग्ने राजा’ मा अनुबन्ध भएदेखि टिकटकर मिस पबी (पवित्रा साकी) चर्चामा छिन् । टिकटकको चर्चित प्रोफाइल भएकाले डेब्यू फिल्म साइन गरेपछि स्वाभाविक रूपमा उनको चर्चा भएको थियो ।

त्यसमाथि निर्माण पक्षले मिस पबीलाई अनुबन्ध क्रममै हाइलाइट गरेको थियो । छायाङ्कनका क्रममा पनि उनी चर्चामा आइन्‌ ।

अभिनय गर्न नसकेको भन्दै भूमिका छोट्याइएपछि उनी चर्चामा आएकी थिइन् । अर्थात्, कमजोर अभिनय क्षमताले पनि उनलाई चर्चामा ल्यायो ।

पविले अभिनय गर्न नसकेपछि भूमिका छोट्याएर बाँकी अंशका लागि फिल्ममा अर्कै व्यक्तिलाई अनुबन्ध गरेको चर्चा छ । यो कुरा निर्माण पक्ष निकट स्रोतले खबरहबलाई बताएको हो ।

माग्ने राजाको पोस्टर, टिजर र गीतहरूमा उनलाई नदेखेपछि खोजी भएको थियो । फिल्मबाटै निकालिएको चर्चा पनि चलेको थियो ।

निर्देशक ऋषि लामिछानेले उक्त चर्चा झुटो भएको दाबी गरेको थिए । नभन्दै मिस पबीलाई ट्रेलरमा देखाइएको छ, तर झुलुक्क !

निर्माण पक्षले बिहीबार ‘माग्ने राजा’को ३ मिनेट ४० सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको छ । मिस पबीलाई ट्रेलरमा जम्मा १ सेकेन्ड देख्न सकिन्छ । पज गरेर नहेर्ने हो भने उनलाई चिन्न मुस्किल हुन्छ ।

२ मिनेट ४८ सेकेन्डमा मिस पबीले फिल्मका नायक केदार घिमिरे ‘माग्ने बूढा’को अन्तवार्ता लिएको दृश्य देख्न सकिन्छ ।

जे होस्, मिसपबी ट्रेलरमा अटाएकी छन् । फिल्मको प्रचार सामग्रीमा उनको अनुहार देखिएको छ ।

यत्रो हल्लाखल्लाबीच उनले कस्तो अभिनय गरिन् होला, त्यो हेर्न अब धेरै दिन बाँकी छैन । यो फिल्म भदौ ६ बाट प्रदर्शनमा आउँदैछ ।

फिल्ममा केदार र नायिका वर्षा शिवाकोटी शीर्ष भूमिकामा छन् । फिल्मका लेखक सामीप्यराज तिमल्सेना हुन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म मुनाल घिमिरेले निर्माण हुन्‌ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : २१ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति