‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’ « Khabarhub

‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लहान– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र नेपालको संविधानअनुसार नेपाली कांग्रेसको १५ महाधिवेशन हुने बताएका छन् । कांग्रेस नगर कार्यसमिति लहानले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान र देशको संविधानले तोकेको समयावधि भित्रै महाधिवेशन हुने बताएका हुन् । 

‘पार्टीको विधानले दिएअनुसार र नेपालको संविधानले दिएअनुसार पार्टीलाई वैध गर्नका लागि त्यही समयभित्र गर्नुछ,’ सिंहले भने, ‘पार्टीभित्र राम्रोसँग मान्छे चिनेर तपाईंले भोटिङ गर्नुहोला ।’

कांग्रेसको विधानमा हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था भए पनि एक वर्ष थप गर्न पाउने अधिकार सभापतिलाई प्रत्यायोजन गरिएको छ । यस्तै संविधानमा राजनीतिक दलहरूले साढे ५ वर्षमा महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ ।       

‘पार्टीको विधानमा हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको छ । केही विपद् आएको खण्डमा, पार्टीले गर्नुपर्ने काम गर्न पूरा नगरेको खण्डमा एक वर्ष म्याद थप्ने गरेकै छ । हरेक सभापतिले थप्ने गरेकै छ,’ सिंहले भने, ‘त्यतिमात्रै नभएर संविधानसभाको समयमा पाँच वर्षमा गर्न नसकेर सर्वदलीय बैठक राखेर, सबैलाई चित्त बुझाएर कांग्रेसले नेतृत्व गरिरहेको बेलामा महाधिवेशन गर्दा संविधान लेखनको काम एकातिर पर्ने भएका हुनाले अर्को ६ महिना थप्न पाउँ भनेर संविधान संशोधन गरेको हो नि त ।’

उनले पार्टीभित्र समयमै महाधिवेशन गर्नुपर्छ भन्दै आएका नेताहरू प्रति आक्रोशसमेत पोखे ।

 ‘महाधिवेशन समयमा हुनुपर्‍यो भनेर माग चैँ गर्ने, समयमा गर्नका लागि गर्नुपर्ने काम पूरा नभएसम्म महाधिवेशन हुन सक्दैन नि,’ सिंहले भने, ‘क्रियाशील सदस्यता अपडेटिङ हुनुपर्‍यो, नयाँलाई दिनुपर्‍यो, मौलिक कुरा पूरा हुनुपर्‍यो । त्यो गर्दै नगर्ने, अनि टाइममा हुनुपर्‍यो भनेर पदमै बसेर कराएरमात्रै हुन्छ र रु’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ४ : ५४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज