क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना « Khabarhub

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा पेटमा समस्या देखिएपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो।

लोकगायक तथा सर्जक सम्भु कुँवरका अनुसार, सेन्चुरीको स्वास्थ्य अवस्था अहिले स्थिर हुँदै गएको छ। ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ,’कुँवरले जानकारी दिएका छन्, ‘तर आगामी अगस्ट ९ मा क्यानडामा हुने हिमालयन मेला कार्यक्रममा उहाँको उपस्थिती सम्भव छैन।’

गायक सेन्चुरी एक महिनाको सांगीतिक यात्रामा क्यानडा, इजरायल र अस्ट्रेलिया जान लागेका थिए। तर अस्वस्थताका कारण पहिलो कार्यक्रम नै स्थगित गर्नु परेको आयोजकहरूले बताएका छन्। उनले बाँकी कार्यक्रमहरूमा भने चिकित्सकको सल्लाह अनुसार सहभागी हुने तयारी भइरहेको पनि जनाएका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : ४४ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि