क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना « Khabarhub

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा पेटमा समस्या देखिएपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो।

लोकगायक तथा सर्जक सम्भु कुँवरका अनुसार, सेन्चुरीको स्वास्थ्य अवस्था अहिले स्थिर हुँदै गएको छ। ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ,’कुँवरले जानकारी दिएका छन्, ‘तर आगामी अगस्ट ९ मा क्यानडामा हुने हिमालयन मेला कार्यक्रममा उहाँको उपस्थिती सम्भव छैन।’

गायक सेन्चुरी एक महिनाको सांगीतिक यात्रामा क्यानडा, इजरायल र अस्ट्रेलिया जान लागेका थिए। तर अस्वस्थताका कारण पहिलो कार्यक्रम नै स्थगित गर्नु परेको आयोजकहरूले बताएका छन्। उनले बाँकी कार्यक्रमहरूमा भने चिकित्सकको सल्लाह अनुसार सहभागी हुने तयारी भइरहेको पनि जनाएका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : ४४ बजे

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला