देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ?  « Khabarhub

देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ? 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सुनसरीको भोक्राहा पुगे ।

भोक्राहा नरसिंहमा नेपाल उराव संघ स्थापना भएको पहिलो वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले खासमा राजनीतिक भाषण दिएनन् । 

उनले त्यहाँ पुगेर उराव जातिको उत्थानको लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकार लाग्नुपर्ने बताए । 

सभापति देउवाले उराव समुदायको उत्थान गर्न उराव समुदायको मौलिक संस्कृतिको संरक्षणका लागि तीन तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

नेपाल उराव संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजना गरेको करम पूर्व सन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्वसव कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले उरावको मौलिक संस्कृतिलाई समेत राज्यले संरक्षण गर्नुपर्ने बताए ।

त्यसपछि उनले शनिबार नै सामाजिक सञ्जाल फेसबुकमा उक्त कार्यक्रमका पाँचवटा तस्बिर पनि पोस्ट गरे । जसमा लेखिएको थियो, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।’

नेपालमा दर्ता नगरी चलाएको भन्दै सरकारले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गरेको अवस्थामा देउवाको फेसबुक भने सक्रिय थियो । उनै देउवाले शनिबार बिहान विराटनगर विमानस्थलमा दर्ता नगरेकोले सामाजिक सञ्जाल बन्द गरिएको बताएका थिए ।

बिहान यस्तो भनेर बेलुका त्यही फेसबुकमा पोस्ट गरेको देखेपछि आक्रोश पोख्नेको ओइरो लाग्यो । देउवाको उक्त पोस्टमा कमेन्ट गर्नेमध्ये एक थिए काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह । 

फेसबुककै बलमा २०७९ मा काठमाडौं महानगरको चुनाव जितेका उनलाई पनि फेसबुक प्रतिबन्धको असर परेको छ । त्यही असरको आक्रोश उनले देउवाको फेसबुक पोस्टमा पोखे । देउवाले फेसबुक पोस्ट लेखेको देखेपछि साह व्यंग्यमा उत्रिए 

व्यंग्यका क्रममा उनले देउवाको फेसबुक पोस्ट भीपीएनको सहयोगमा भएको हुन सक्ने अनुमान लगाए । ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी? साह्रै गारो हुने रहेछ भीपीएनबाट चलाउन त!’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : १७ बजे

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे– उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा ३१

आज कांग्रेसका बैठकै बैठक, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा

काठमाडौँ – घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै

लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा