सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने « Khabarhub

सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले विद्युतीय सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युट्यूबरहरूको छाता सङ्गठन (अनलाइन टीभी पत्रकार सङ्घ) आन्दोलनमा उत्रिएको छ ।

‘सरकारले पेटमा लात हानेको’ भन्दै अनलाइन टीभी पत्रकारहरू आन्दोलित भएका हुन्‌ । उनीहरूले आज (आइतबार) दिउँसो काठमाडौँको माइतीघर मण्डलामा विरोध र्‍याली निकालेका हुन्‌ ।

नेपालमा १० हजारभन्दा बढी अनलाइन टीभी सञ्चालनमा रहेको अनुमान छ । अनलाइन पत्रकार सङ्घमा मात्रै एक हजारभन्दा बढी अनलाइन टीभी आवद्ध छन्‌ ।

अनलाइन टीभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टीभी पत्रकारहरूले अब कार्यालय बन्द गरेर क्यामेरासमेत डाउन गरी आन्दोलन अघि बढाइने बताए ।

‘सरकारले बोल्ने (अभिव्यक्ति) स्वतन्त्रतामात्र खोसेन, खाने मुख पनि थुन्यो’, भण्डारीले भने, ‘सामाजिक सञ्जालबाट विकृति फैलाइएको वहाना बनाउँदै सामाजिक सञ्जाल बन्द गरेको खासमा सरकारले आफ्नो विकृति ढाकछोप प्रयास गरेको हो, सरकारी कदमप्रति हाम्रो विरोध छ ।’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ४ : ४३ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९