सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने « Khabarhub

सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने


२२ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले विद्युतीय सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युट्यूबरहरूको छाता सङ्गठन (अनलाइन टीभी पत्रकार सङ्घ) आन्दोलनमा उत्रिएको छ ।

‘सरकारले पेटमा लात हानेको’ भन्दै अनलाइन टीभी पत्रकारहरू आन्दोलित भएका हुन्‌ । उनीहरूले आज (आइतबार) दिउँसो काठमाडौँको माइतीघर मण्डलामा विरोध र्‍याली निकालेका हुन्‌ ।

नेपालमा १० हजारभन्दा बढी अनलाइन टीभी सञ्चालनमा रहेको अनुमान छ । अनलाइन पत्रकार सङ्घमा मात्रै एक हजारभन्दा बढी अनलाइन टीभी आवद्ध छन्‌ ।

अनलाइन टीभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टीभी पत्रकारहरूले अब कार्यालय बन्द गरेर क्यामेरासमेत डाउन गरी आन्दोलन अघि बढाइने बताए ।

‘सरकारले बोल्ने (अभिव्यक्ति) स्वतन्त्रतामात्र खोसेन, खाने मुख पनि थुन्यो’, भण्डारीले भने, ‘सामाजिक सञ्जालबाट विकृति फैलाइएको वहाना बनाउँदै सामाजिक सञ्जाल बन्द गरेको खासमा सरकारले आफ्नो विकृति ढाकछोप प्रयास गरेको हो, सरकारी कदमप्रति हाम्रो विरोध छ ।’

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ४ : ४३ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि