दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी « Khabarhub

दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ २२ गतेदेखि) १५ दिन र फूलपाती आउन २२ दिन बाँकी छ । सम्वत् २०८२ को दशैँले स्वदेश र प्रवासमा रहेका नेपालीलाई छोपिसकेको छ ।

काठमाडौँ उपत्यका छाडेर दशैँमा बाहिर जानेहरूले गन्तव्य पुग्ने टिकट काट्न थालिसकेका छन् । विभिन्न हवाई कम्पनीहरूले त दशैँलक्षित विभिन्न टिकट स्किम सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत ई–सेवा, विभिन्न एयरलाइन्स कम्पनीहरूले विभिन्न अफरहरू सार्वजनिक गर्न थालेका छन् ।

यता, सडक यातायातमार्फत् उपत्यका छाडेर घर जानेहरूले आफूले चिनजानेका ठाउँमा गएर टिकट बुकिङ गर्न थालेका छन् । दशैँमा घर जान आफूहरूले टिकट काट्न थालेको दोलखा चरिकोट घर भइ काठमाडौँमा बस्ने गरेकी एक यात्रुले बताइन् ।

‘मैले त फूलपातीका लागि टिकट काटिसकेको छु’, उनले भनिन्, ‘बिहानको गाडी छैन, बेलुकीपख छुट्ने गाडीमा जानुपर्छ भने, त्यसैअनुसार टिकट काटिसकेका छौँ ।’

उपत्यकाबाट सुदूरपूर्वी जिल्लातर्फ छुट्ने गाडीहरूको टिकट बुकिङ भने खुलिनसकेको यातायात व्यवसायमा कार्यरत कर्मचारीहरू बताउँछन् । असोज लागेपछि टिकट काट्न थाल्ने कोटेश्वरका एक काउन्टरमा कार्यरत कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार, आधिकारिक बुकिङ खुल्ने भन्दापनि आफ्नो गाडीमा रेगुलर जानेहरूलाई सम्पर्क गरेर नाम टिप्ने ती कर्मचारी बताउँछन् ।

‘हाम्रो पूर्वतिर जाने गाडीहरूको टिकट खुला गरेका छैनौँ । अक्सर आवतजावत गर्ने चिनजानका यात्रुलाई चाहिँ सङ्घले खुला गर्नुभन्दा अघि नै टिकट बुकिङ गर्ने गरेका छौँ’, ती कर्मचारीले भने, ‘टिकटै काटेर दिने भन्दा पनि नाम टिपेर राख्ने गछौँ, बुकिङ खुलेपछि टिकट दिन्छौँ ।’

असोज १ गते विश्वकर्मा पूजा मनाएपछि यात्रुको नाम टिप्न थाल्ने ती कर्मचारी बताउँछन् ।

के गर्दैछ सरकार ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भने अग्रिम टिकट बुकिङको विषयमा हालसम्म अनिर्णित नै छ । सूचना अधिकारी मोहन निरौलाका अनुसार अग्रिम टिकट खुलाउनेबारे मन्त्रालयमा हालसम्म प्रस्ताव आएको छैन ।

‘यातायात व्यवस्था विभागले यातायात व्यवसायीका विभिन्न सङ्घसँग छलफल गरेर कहिलेदेखि खुला गराउने भन्ने भएपछि मन्त्रालयमा आउने हो’, निरौलाले भने, ‘उहाँहरूले एक किसिमले टुङ्गो लगाएपछि मन्त्रालयमार्फत घोषणा हुन्छ ।’

यातायात व्यवस्था विभाग भने अग्रिम बुकिङको तयारीमा जुटेको छ । यातायात व्यवसायीसँग अनौपचारिक छलफल गरिरहेको विभागका सूचना अधिकारी गणेशमानसिं राई बताउँछन् ।

‘अहिलेसम्म दुईपटक जति छलफल गरौँ । ठ्याक्कै कहिलेबाट बुकिङ खोल्ने भन्ने त भएको छैन’, राईले भने, ‘विगतमा फूलपातीको हप्ता/दशदिन अघिदेखि खुल्ने गरेकोमा अहिलेको वर्ष पनि त्यही अनुसार हुन्छ । हामीले पनि त्यही अनुसार तयारी गरिरहेका छौँ ।’

विभागले आफ्नो तरिकाले अग्रिम बुकिङको तयारी गरिरहेको भए पनि मन्त्रालयसँग भने छलफल नगरेको बताएको छ ।

‘मन्त्रीज्यूसँगको बैठक पनि बस्न पाएको छैन । सडक विभाग, हामी र अन्य सरोकारहरूको चाडबाड लक्षित तयारी बैठक हुन बाँकी छ’, राईले भने, ‘त्यो बैठक बसेपछि कहिले टिकट बुकिङ खुल्ने भन्ने कुरा यकिन हुन सक्छ ।’

विभागले आफ्नो तरिकाले तयारी गरेर अर्को हप्तातिर मन्त्रालय जाने तयारी गरेको राईले जानकारी दिए । ‘मन्त्रीज्यूसँग छलफल गरेपछि बुकिङ खोलेको घोषणा हुन्छ’, राईले भने ।

के गर्दैछन् यातायात व्यवसायी ?

यातायात व्यवसायीले भने अहिले दशैँको टिकट खुलाउनेबारे आन्तरिक छलफल गरिरहेको बताएका छन् ।

उपत्यका कति व्यक्तिले छाड्छन्, त्यसको आकलन गरेर सोही अनुसार व्यवस्था मिलाउने यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला बताउँछन् ।

‘अहिले हामी आन्तरिक छलफलमा छौँ’, सिटौलाले भने, ‘हामी केही दिनमा बैठक बसेर सम्बन्धित निकायसँग छलफल गर्छौँ ।’

दशैँ आउन समय बाँकी नै रहेकाले टिकट खुलाउन पर्याप्त समय रहेको सिटौलाले बताए । ‘सबै सरोकारवाला निकायसँग छलफल गरेपछि हामीले अग्रिम बुकिङको मिति तोक्छौँ’, उनले भने ।

यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष उपत्यका छाडेर १८ लाख यात्रु दशैँ मनाउन बाहिरिने गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : ४५ बजे

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८