अर्थसंक्षेप : बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक, चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा र ११ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक, चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा र ११ अंकले घट्यो नेप्से


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा (तस्बिरहरू)

मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालले माइतीघरमा धर्ना दिइरहेका छन् । ४ वटा माग प्रस्तुत गर्दै उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका हुन् ।

उनीहरूले सम्पूर्ण पीडितहरू एक हौँ, जाली तमसुक खारेज गर, मिटर ब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राखेका छन् ।

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

११ अंकले घट्यो नेप्से, कारोबार कति ?

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अंकले घटेको छ । नेप्से ०.४१ प्रतिशतले घटेर परिसूचक २७०८.४५ विन्दुमा आएको छ ।

नेप्से घट्दा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ७९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडर

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक

नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्या कम भएपछि बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको हो ।

यसरी थुप्रिएको पैसा व्यवस्थापन गर्ने राष्ट्र बैंकले पैसा खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने आइतबार (भदौ २२ गते) २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँ मध्यान्ह ३ बजे बोलकबोलको माध्यमबाट लिने भएको छ । त्यसरी खिचिएको पैसा असोज १२ गतेसम्मका लागि राष्ट्र बैंकले ब्याज भुक्तानी गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : १९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको