सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार | Khabarhub Khabarhub

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ ।

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलालाई आधार बनाउँदै सरकारले सामाजिक सञ्जाल दर्ता गर्न आह्वान गरेको उल्लेख गर्दै रिट निवेदन दरपीठ गरेका जनाइएको छ ।

सार्वजनिक सरोकारअन्तर्गत अधिवक्ता डा सुनिलरञ्जन सिंहसहित छुट्टाछुट्टै १० वटा रिट निवेदन सर्वोच्चमा परेका थिए ।

दरपीठ आदेशमा भनिएको छ, “यसमा विपक्षी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ९ गतेमा नेपालमा सञ्चालित सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण गर्नुपर्ने भनी भदौ १२ मा सातदिने सार्वजनिक सूचना प्रकाशन गरेको थियोे ।

नेपाल सरकारको नाममा मिति २०८१ असोज १३ मा आदेशसमेत भएको हुँदा माथि उल्लिखित निर्देशिकाबमोजिम सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्नेगरी भएको सूचना तथा पत्रलाई समेत बदर गरी पाऊँ भनी यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत लिई आएको प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।”

यसैगरी मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८(२) बमोजिम दरपीठ गरी दिइएको र यो आदेशको जानकारी सम्बन्धित पक्षलाई दिई कानुनबमोजिम गर्नू भनि आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १० : ३१ बजे

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा ‘नो

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

काठमाडौं – गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’

माइडियाको दशैँ-तिहार अफर :‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक

काठमाडौं– सीजि इलेक्ट्रोनिक्सले माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गर्दै ‘माइडिया बाई

जेन-जीको प्रदर्शन : १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौं– आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर

राजीनामा दिने तयारीमा गृहमन्त्री, कांग्रेस बैठकमा भने- नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं– काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सोमबार १९ जनाको ज्यान जाने