मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते « Khabarhub

मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका– ४ झुरझुरेमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म प्र०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्री बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सामा खसेको थियो ।  घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : ०७ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा