मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त « Khabarhub

मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङका किसान दशैँ पर्व सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका अन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ ।

घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आएका छन् ।

खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ– ५ ठिनीका किसान प्रमिला गुरुङ थकालीले बताए । फापर काटेर डाँठसँगै लगातार तीन दिनसम्म खेतबारीमा सुकाएपछि लौरोको सहायताले फापर चुटेर केस्रा निकाल्ने प्रचलन रहेको उनले जानकारी दिए । फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन र घाँस नपाइने बेला पशुलाई खुवाउन राखिने गरिएको किसान थकालीको भनाइ छ ।

जिल्लामा मीठे फापर र तीते फापरखेती हुने गरे पनि मुख्य रुपमा मीठे फापरबाली बढी मात्रामा लगाउने गरिएको जनाइएको छ । पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा सङ्कलन गर्न थालेको उनको भनाइ छ ।

जिल्लाको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले परम्परागत रुपमा रैथाने फापर खेती अपनाउँदै आइरहेका छन् । यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत फापरखेती यहाँको मुख्य ‘ब्राण्ड’ बनेको छ ।

समुद्री सतहको एक हजार नौ सय ८४ मिटरदेखि तीन हजार नौ सय सय मिटरको अग्लो उचाइको खेतीयोग्य जमिनमा फापरखेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ ।

फापर बालीअन्तर्गत मीठे फापरको खेती तलो जिल्लामा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याइन्छ । तीते फापर साउन र भदौ महिनामा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ । सामान्यतया रैथाने बाली उवा र जौ पाक्न नौ महिना लाग्ने भए पनि फापर बाली तीन महिनामा पाक्ने किसान प्रमिलाले जनाइन् ।

उपल्लो मुस्ताङमा मीठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा छरेर  कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याइन्छ । यहाँ तीते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याइने प्रचलन रहेको छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण फापर बालीमा समेत विभिन्न प्रकोप देखा पर्न थालेको घरपझोङ- ५ ठिनीका किसान पाल्साङ गुरुङले बताए । यसवर्ष यहाँको फापर बालीमा खुम्ले कीराको प्रकोप देखापरेको उनको भनाइ छ । गतवर्ष यहाँको फापर बालीमा तुषारोले असर पुर्‍याएकाे उनले बनाए । यहाँको रैथाने बाली स्याउ बगैँचाभित्र अन्तरबालीको रुपमा लगाएर दोहोरो आम्दानी लिने गरिएको किसान गुरुङले उल्लेख गरे । फापर बालीमा ढिँडो, रोटीलगायत विभिन्न परिकार निर्माण गर्न सकिने भएकाले यहाँको फापर खेती सहर बजारको उपभोक्ताले अत्यधिक रुचाउने गरेको किसानको भनाइ छ ।

जलवायु सङ्कटका कारण परम्परागत रैथाने बाली अन्य बालीभन्दा कम झन्झटिलो भएकाले यसको व्यवस्थापनमा निकै सहज भएको उनले जानकारी दिए । सहर बजारका भान्साघरमा यहाँको फापरको ढिँडो मुख्य भेराइटी भएकाले यसको माग बढी हुने गरेको उनले बताए ।

फापर बोटको औसत एक सय सेमीदेखि एक सय १० सेमीसम्म लम्बाइ हुने गर्छ । फापर बालीअन्तर्गत मीठे फापरको झुप्पामा हलुका गुलाबी रङ्गको फूलहरू फुल्दछ भने फापरको केस्रा हलुका र कालो रङ्गको हुन्छ । तीते फापरको सेतो रङ्गको फूलहरू फल्दछ । फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर पिठो तयार गरिन्छ । यहाँ एकमाथि फापरको मिठोको मूल्य एक हजार २०० सय रुपैयामा किनबेच भएको किसानहरु बताउँछन् । विषेशगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ ।

यहाँका किसानले फापरखेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रुपमा मात्रै अपनाएको पाइन्छ ।

घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवर्द्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए । उजले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकाले सम्बन्धित किसानलाई बर्सेनि रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम आयोजना गर्ने गरेको बताए ।

पोषणविद्का अनुसार फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुन्छ । फापरको परिकारबाट रगतको कोल्ड स्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ । यसले मानिसको मोटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुन्छ ।

विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुने जनाइएको छ । (रासस)

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : ४८ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको