सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिराहाको नरहा गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको प्र.२-०४-००१ च ००३८ नम्बरको पिकअप भ्यानमा बीआर ३२ वाई ७५९९ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरुषको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै, सप्तरीको खड्क नगरपालिका-११ बनौलीस्थित सडकमा बोदेबरसाईनबाट राजबिराजतर्फ जाँदै गरेको स.१ च १८६५ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री डाक्‍नेश्‍वरी नगरपालिका-१० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : १९ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा