नारायणीमा डुबेर एक पुरुषको मृत्यु, सानोगढी किनारमा भेटियो शव « Khabarhub

नारायणीमा डुबेर एक पुरुषको मृत्यु, सानोगढी किनारमा भेटियो शव


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चाडपर्वको अवसरमा जमरा सेलाउन गएका एक पुरुषको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका ५५ वर्षीय गोपाल शर्मा पौडेल आज बिहान करिब ७ बजे नारायणी नदीको भगेरीथान किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए।

उनी ना ६१ प ४९३६ नम्बरको स्कुटर चढेर नदी किनार पुगेका थिए। नदीमा जमरा सेलाउँदा अचानक बगेर हराएका पौडेलको खोजीका लागि शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण, आँपटारी चितवनबाट खटिएको गोताखोर टोली र वडा प्रहरी कार्यालय नारायणगढको संयुक्त टोली परिचालित गरिएको थियो।

केही घण्टापछि पौडेलको शव सानोगढी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ। हाल शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। चाडपर्वको समयमा नदी तथा जलाशयमा सर्तकता नअपनाउँदा यस्ता दुःखद घटना दोहोरिने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ०६ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा