ताप्लेजुङको सिदिङवा गाउँपालिकामा बोलेरो गाडी दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा बोलेरो गाडी दुर्घटना, एक जनाको मृत्यु


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी आज साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

त्यसैगरी दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन । दुई जना भने गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने कार्य भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : २१ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्