आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर कृष्ण पक्षको द्वितीया तिथि। । तदनुसार सन् २०२५ नोभेम्बर ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ । गीत संगीतको क्षेत्रमा मन जानेछ । गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ ।

वृष : दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। धर्मकर्ममा मन जानेछ।

मिथुन : दिन सामान्य राम्रो छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । धार्मप्रति अनास्था बढ्नेछ । परिवारको विश्वास मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन सामान्य छ । व्यापार व्यवसायमा घाटा हुने दिन छ । स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।

मकर : दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । हरेक काममा झन्झट आइपर्ने जोखिम छ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ । दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : ०८ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका