दुई ट्रफीसहित यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्कियो « Khabarhub

दुई ट्रफीसहित यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्कियो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई शृङ्खलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा स्वदेश फर्किएको हो। विमानस्थलमा नेपाली खेलाडीलाई खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायतले स्वागत गरे।

यूएई शृङ्खलामा नेपालले चारवटै खेल गुमाएको थियो। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको नेपाल चौथो खेलमासमेत यूएईसँग् चार विकेटले नै पराजित भयो। नेपालले यो शृङ्खलाबाट अंक थप्न नसक्दा २० खेल खेलिसक्दासमेत मात्र १२ अंकमा चित्त बुझाउनु परेको छ।

त्यसअघि नेपालले यूएईमै खेलेको वेस्ट इन्डिजसँगको युनिटी सिरिज जितेको थियो। युनिटी कपको उपाधि जितेपछि ओमानमा टी-२० विश्वकप छनोटको उपाधि उचालेको नेपाल दुई ट्रफीसहित नेपाल फर्किएको हो। वेस्ट इन्डिजविरुद्धको युनिटी कप खेल्न यूएई पुगेको नेपाल त्यहाँबाट ओमानमा भएको टी-२० विश्वकप छनोट खेल्न पुगेको थियो। ओमानमा विश्वकप छनोटको उपाधि जितेर फेरि नेपाल विश्वकप लिग २ खेल्न यूएई पुगेको थियो। व्यस्त तालिका र लामो समयको विदेश बसाइ सकेर नेपाली टिम स्वदेश फर्किएको हो।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टिम । तस्बिरः क्यान

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : २५ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)