वैकल्पिक राजनीतिक शक्तिका लागि संवादमा जुटे विप्लव, घनश्याम र जनार्दन « Khabarhub

वैकल्पिक राजनीतिक शक्तिका लागि संवादमा जुटे विप्लव, घनश्याम र जनार्दन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग जनार्दन शर्मा र घनश्याम भुसालले भेटवार्ता गरेका छन् । 

नेकपा एकीकृत समाजवादीका महासचिव भुसाल र नेकपा माओवादी केन्द्रका पूर्व-उपमहासचिव शर्मा विप्लवलाई भेट्न ललितपुरस्थित हरिसिद्धीमा पुगेका हुन् ।

आजको बैठकमा वैकल्पिक राजनीति ध्रुवीकरण बनाउने विषयमा सामान्य कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ । 

भेटघाटमा तीनैजना नेताले एकै ध्रुवीकरण बनाएर जाने या कसरी जाने भन्ने विषयमा कुरा गरेका थिए। बैठकबारे जानकारी गराउँदै सचिवालयले भन्यो, ‘राजनीति यात्रा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । यो या त्यो भन्ने कुराको कुनै निर्णय भएको छैन।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ५६ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार