सरकारले संसद्का पदाधिकारी र सदस्यको सुविधा घटाउने निर्णयमा पुनर्विचार गरोस् : अध्यक्ष दाहाल  « Khabarhub

सरकारले संसद्का पदाधिकारी र सदस्यको सुविधा घटाउने निर्णयमा पुनर्विचार गरोस् : अध्यक्ष दाहाल 


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले पाउने अति आवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिँदै अति आवश्यक सुविधामा पुनर्विचार गर्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले सरकारको कामकारबाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए । उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरूले मन्त्रीलाई बोलाउँदा उपस्थित हुने वातावरण बनाउन समेत निर्देश गरे ।

उनले राष्ट्रियसभाको दुई बर्से कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ०१ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।