रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ « Khabarhub

रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले संगठनमा आफ्नै मूल्यमान्यता स्थापित गर्न नसक्दा समस्या बढेको स्वीकारेका छन्।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई चितवनको सौराहामा शुक्रबार सम्बोधनका क्रममा अर्यालले यस्तो बताएका हुन् ।

आन्तरिक गोपनीयता भङ्ग र नेताहरूको राजनीतिक चरित्रहरूमा विवाद बढाउने प्रवृत्तिलाई पार्टीले निराकरण गर्न नसकेको पनि उनले स्वीकार गरेका छन् ।

कार्यवाहक सभापति अर्यालले राजनीति प्रतिवेदन प्रस्तुत गर्नुअगाडि मन्तव्य राख्दै आफ्नै संस्कार र संस्कृति स्थापना गर्न नसकेकाले अबका दिनमा सुधार गर्नुपर्ने उनले बताए ।

अर्यालले प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा देशभरका जनता र शुभेच्छकहरूलाई पार्टीको एकिन धारणा दिन नसकेको पनि स्वीकार गरेका छन् ।

‘रास्वपालाई कमजोर बनाएर तपाईं-हामी कहिले बलियो हुन सक्दैनौँ। मझेरी खनेर आँगन पुर्ने काम हामीले गर्नु हुँदैन’, उनले भने, ‘छातीमा हात राखेर भन्नुस् तपाईं नै उम्मेदवार हुनु भए चुनाव जित्नुहुन्छ ?’

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा आफूले चुनाव जित्ने भन्दा अरू नै उम्मेदवार खोजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

‘हामी सबैलाई लागेको छ, चुनाव त जित्न सकिन्छ तर त्यसका लागि हाम्रो होइन, राम्रो उम्मेदवार चाहिन्छ। हामी आफैंलाई चुनाव जित्ने विश्वास राम्रो छैन’, उनले भने, ‘हामी अरू नै उम्मेदवार खोज्दैछौं। यत्रो पार्टीबाट आफैँले जित्ने उम्मेदवार दिन नसक्ने गल्ती कसको हो ? मेरो मात्रै हो कि तपाईंको पनि हो ? तपाईं-हामी सबैले समीक्षा गरौँ । आगामी चुनाव हामीले जित्नै पर्नेछ।’

उनले रास्वपाभित्र सम्भावना भएका नेताहरूको खुट्टा तान्ने प्रवृत्ति रहेको उल्लेख गरे । त्यहीकारण यस्तो प्रवृत्तिलाई सुधार गर्नुपर्ने पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

‘पार्टीलाई विचार दृष्टि र कार्यशैलीले नयाँ र पुरानो रुपमा चिनिने हो । हामी नयाँ पुराना भन्दाभन्दा पुरानै लहरामा पुग्ने खतरा बढेको त छैन, यसतर्फ सचेत भएनौँ भने सकिन्छौँ । अब हामीले सँच्चिने कि सक्किने भनेर आफैंलाई प्रश्न गर्नु जरुरी छ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ४४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान