प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा | Khabarhub Khabarhub

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ। आजको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक सभापति डीपी अर्यालले जेनजी आन्दोलनपछि निर्वाचन नै मुख्य कुरा रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बनाउने प्रयास थालेपनि केही नेतासँग प्रधानमन्त्रीले संवाद गर्न अनिच्छा देखाउँदा सरकार र दलको दूरी बढ्ने हो कि भन्ने स्वाभाविक चिन्ता रहेको उल्लेख गरिएको छ ।

‘निर्वाचन नै मुख्य कार्यभार रहेको सरकारले दलहरूलाई विश्वास लिएर चुनावी वातावरण बनाउने प्रयास त थालेको छ । तर केही नेता विशेषसँग प्रधानमन्त्री स्वयंको संवाद अनिच्छाले ती दल र सरकारबीचको दूरी बढाउने हो कि भन्ने स्वभाविक चिन्ता पनि छ ।’ राजनीति प्रतिवेदनमा भनिएको छ, ‘सरकार सबै दल नेता र जनताको अभिभावक भएकाले उसमा कसैप्रति पनि आग्रह पूर्वाग्रह पटक्कै हुनुहुन्न । प्रहरीको खस्किएको मनोबल, आन्दोलनका क्रममा लुटेका हतियार अझै कारागार नफर्किएका कैदी जेन–जी नाममा आइरहेका विभिन्न माग र भइरहेका अस्वभाविक व्यवहार पनि चुनावका चुनौती हुन् यसतर्फ सरकार सचेत हुनुपर्छ ।’

अर्यालले जारी गरेको प्रतिवेदनमा निर्वाचनबाहेक अहिले अरु विकल्प नरहेको भन्दै अन्य दलहरूलाई पनि निर्वाचनमा होमिन सुझाव दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ०६ बजे

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस