कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छ : नेता शाही « Khabarhub

कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छ : नेता शाही


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा नेता शाहीले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षले सहमति गरी सबैलाई मान्य हुनेगरी महाधिवेशन गर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा अहिले दुई धार देखिएको छ, दुई पक्ष बसेर सहमतिका साथ सबैलाई मान्य हुनेगरी मिति प्रस्ताव गर्दा उपयुक्त हुन्छ ।’

जेन-जी आन्दोलनको भावनाअनुसार कांग्रेस पार्टी पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै नेता शाहीले कांग्रेसको आगामी महाधिवेशनमा युवाको प्रतिनिधित्व बढाउन सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरे ।

यही कात्तिक १८ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै दुई  तालिकासहितका व्यक्तिगत प्रस्ताव प्रस्तुत गरेका थिए । महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्नेगरी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : १७ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान