पैयुँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने « Khabarhub

पैयुँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई ३० लाख रुपैयाँ राहतस्वरूप वितरण गर्ने भएको छ ।

पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत उपलब्ध गराउन कृषकले गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेपछि क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।

गाउँपालिका कार्यालयबाट कात्तिक १४ गतेदेखि धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारी खटाइएको उनले बताए ।

उनले कर्मचारी र जनप्रतिनिधि सहभागी टोलीले पालिकाभरमा ७०० परिवारको एक हजार ५०० रोपनी खेतमा लगाइएको बालीमा क्षति पुगेको विवरण उपलब्ध गराएका जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रफलमा लगाइएको करिब ४५० टन धानबाली नष्ट भएको अनुगमनकर्ताको विवरणमा उल्लेख छ ।

कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई दुई हजार रुपैयाँ तथा एक रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि एक हजार ५०० रुपैयाँका दरले थप गरी राहत दिने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति खर्च हुन्छ भन्ने यकीन भने नभएको बताए  । प्रत्येक परिवारको कूल क्षेत्रफलको प्रमाणित तथ्याङ्क निकालेपछि मात्रै खर्च रकमबारे टुङ्गो लाग्ने उनको भनाइ छ । पन्ध्र सय रोपनीलाई एक हजार ५०० का दरमा राहत वितरण गर्दा अनुमानित करिब २२ लाख रुपैयाँ गाउँपालिकाले कृषकलाई वितरण उनले जानकारी दिए  ।

भित्र्याउने बेलाको बालीलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन् । काटेर सुकाइएको धान भिजाउने, निहिनमा धान झार्ने, पराल भिज्नेलगायत समस्या भएको छ । नकाटेर गरामा ठाडो अवस्थामा रहेका धानमा वर्षाले खासै क्षति नगरेको भए पनि गत सोमबारको हावाले बाली ढलाएर क्षति पुर्‍याएको पैयुँ गाउँपालिकाले जनाएको छ ।

जिल्लाको कुश्मा नगरपालिका, फलेबास नगरपालिका, विहादी, मोदी र महाशिला गाउँपालिकाले पनि क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन् । 
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : २७ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो