सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स « Khabarhub

सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका सानो भाई पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्समा उत्तीर्ण भएका छन् ।

दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलनको आयोजनामा सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको कोर्स प्रशिक्षक पौडेलले पूरा गरेका हुन् । यो कोर्स पूरा गरेपछि पौडेल अब अन्तर्राष्ट्रिय ट्रायथलन एथलेट्सहरुलाई पनि प्रशिक्षण दिन योग्य भएका छन् । 
 
‘लेभल टु कोर्स कठिन थियो । लेभल टु प्रशिक्षक बन्न थुपै्र मापदण्ड पूरा गर्नुपर्छ । कोरियामा कोर्स पूरा गरेपछि पनि नेपालमा करीब छ हप्ताको समयमा सो कोर्ससँग सम्बन्धित कोर्सहरु नेपालममा व्यवहारिकरुपमा लागू गरेको भिडियो बनाएर पठाएको थिएँ । सो भिडियोको विश्लेषण गरेपछि बल्ल बुधबार राति लेभल टु प्रशिक्षकको प्रमाणपत्र हासिल गरेको हुँ– प्रशिक्षक पौडेलले जानकारी दिए ।

सन् २०१९ मा नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ट्रायथलनमा दुई स्वर्णसहित छ पदक जित्दा पौडेल प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो । पौडेलले लेभल टु कोर्सपछि अब नेपाली ट्राइथलन खेलाडीहरुलाई थप परिस्कृत प्रशिक्षण दिएर उनीहरुको स्तर बढाउने उद्देश्य लिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ५८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका