जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै « Khabarhub

जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गर्न थालिएको छ ।

सडक डिभिजन कार्यालय जनकपुरधामका इन्जिनियर उज्ज्वल झाका अनुसार नेपाल सरकारको करिब रु १० करोड ५० लाखको लागतमा आकाशे पुल  निर्माण कार्य अगाडि बढाइएको हो । 

अत्यधिक सवारीसाधनको चाप रहेको सो राजमार्गअन्तर्गत  क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा एक एकवटा तथा सोही सडकखण्डको लक्ष्मीनिया गाउँपालिकाको बजार चोकमा एउटा आकाशे पुल निर्माण गर्न थालिएको हो । 

क्षिरेश्वरको महिला विकास चोकमा तीन करोड ३५ लाख रुपैयाँ, सखुवा चोकमा तीन करोड ५७ लाख रुपैयाँ तथा लक्ष्मीनियामा  तीन करोड ४२ लाख रुपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न लागिएको इन्जिनियर झाले बताए । चालु आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गरिने उनले बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पूर्व पश्चिम राजमार्ग भएर मधेस प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने सो सडकमा आकाशे पुल निर्माण भएपछि सवारी दुर्घटनामा कमी आउने बताए  । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : १३ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा