सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने « Khabarhub

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका पूर्वमहासचिव घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवबीचको संवाद सहकार्यतर्फ अघि बढेको छ।

शुक्रबार बिहान ललितपुरको हरिसिद्धिमा भएको तीन नेताबीचको वार्ता सकारात्मक भएको विप्लवको सचिवालयले जनाएको छ।

विप्लवको सचिवालयका एकजना सदस्य ललित विक ‘सी’का अनुसार तीन नेताहरूबीच सहकार्यको वातावरण तयार भएको छ । यी तीनैजना नेताहरू आफ्नो दल विभाजन भएसँगै सहकार्यको तयारीमा छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य चिरण पुन नेतृत्वको समूह पनि माओवादी नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका छन् । त्यसपछि उनीहरू सहकार्यको खोजीमा जुटेका हुन् ।

विभिन्न चरणको औपचारिक र अनौपचारिक वार्तापछि जनार्दन र घनश्याम विप्लवको निवास हरिसिद्धिमा गएर भेटवार्ता गरेका हुन् । तीन नेताबीचको उक्त वार्ता सकारात्मक भएको विप्लवको सचिवालयले जनाएको छ।

‘वार्ता सकारात्मक भएको छ। तीन नेताहरूबीच सहकार्य हुन्छ भन्दा फरक पर्दैन’, ललितले खबरहबलाई भने,‘सहकार्यका सम्भावित विकल्प र देशको समसामयिक विषयमा कुराकानी भएको छ । उहाँहरूले ‘जोइन स्टेटमेन्ट’ पनि निकाल्ने तयारी गरिहनु भएको छ।’

ललितले सकेसम्म शुक्रबार नै तीनजना नेताको सामूहिक धारणा सार्वजनिक हुनेछ ।

यता घनश्याम भुसालनिकट नेताहरू पनि तीन जनाबीच सहकार्य हुने कुरा अन्तिम चरणमा पुगेको दाबी गर्छन् ।

यी तीनजना नेताले वाम ध्रुवीकरण समूह निर्माणपछि नयाँ पार्टी गठन गर्ने तयारीमा लागेको उनीहरूकै निकट नेताले बताएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ३७ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन