प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ « Khabarhub

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।
 
गाउँपालिकाले विसं २०८० देखि सुरु गरेको पूजापाठ तथा सद्बिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्त्व थप बढेको छ । हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतका वर्षमा मेला लाग्ने परम्परा रहँदै आएको थियो । माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनःसञ्चालन गरिएको छ ।

गाउँपालिकाले यस स्थानको संरक्षणसँगै बाटो तथा भक्तजनको आवतजावतको सहजताका लागि फलामको बार लगाएको छ । यहाँसम्म पुग्न सडक विस्तार गरिएको छ । महादेव थान संरक्षण समिति गठन गरेर यो स्थानको संरक्षण तथा विकासको काम भइरहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । 

गाउँपालिकाले महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा यसको संरक्षणका साथै धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको अध्यक्ष राईले बताए । ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिरहेको जनाउँदै उनले यसबाट पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तरमा सुधार हुने विश्वास व्यक्त गरे ।

‘यो हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो’, अध्यक्ष राईले भने, ‘यो क्षेत्रको विकासका लागि हामीले पूर्वाधार निर्माण, संरचना विस्तालगायत क्षेत्रमा काम गरिरहेका छौँ । यो प्रसिद्धस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले यसको प्रचारप्रसारमा जुटेका छौँ ।’

गुफाँसगै यहाँको बनावटले सबैलाई आश्चर्यचकित पार्ने स्थानीय लालबहादुर प्रधानले बताए । यस मन्दिरको दर्शन गरेर मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनको भनाइ छ । विगतमा ठूलो मेला लाग्ने गरेको भए पनि माओवादी द्वन्द्वकालपछि यहाँ मेला लाग्न बन्द भएको स्थानीय बताउँछन् ।

यहाँ बालाचतुदर्शीमा मेला लाग्नुका साथै भजनकीर्तन हुने गर्दछ । देवस्थलमा गुफासँगै विभिन्न देविदेवताको मूर्ति छन् । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य मिसिएको यो स्थल गाउँपालिकाको पहिचान बन्ने सम्भावना बोकेको स्थानीयको भनाइ छ । रासस
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : १९ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको