निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’ « Khabarhub

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सबै योग्य नागरिकलाई मतदाता परिचयपत्र बनाउन र मताधिकारको सदुपयोग गर्न आग्रह गरेकी छन्।

शुक्रबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई आधार बताएकी छन् । ‘पहिलो, नागरिकको विवेक- जसले सही गर्छ र गलत गर्न दिँदैन। दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने साधन- मतदाता परिचयपत्र’, उनले भनेकी छन् ।

प्रधानमन्त्रीले युवापुस्तालाई विशेष रुपमा सम्बोधन गर्दै जेन-जी पुस्ताको सपनाको नेपाल बनाउन सबैले आफ्नो मतदाता परिचयपत्र बनाउनुपर्ने बताइन्। उनले भनिन्, ‘देश बदल्ने शक्ति हाम्रो हातमै छ। त्यसका लागि आजै नजिकैको निर्वाचन कार्यालय पुगौं र मतदाता परिचयपत्र बनाऔं।’

उनले नागरिकलाई जिम्मेवार भई योग्य प्रतिनिधि चयन गर्न र चाहिँ आफैं सही प्रतिनिधि बन्न पनि आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्नु अहिलेको आवश्यकता रहेको बताएकी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : २५ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार