ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत | Khabarhub Khabarhub

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाइए लाखौँ कार्यकता सिंहदरबार छिर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता बस्नेतले ओलीको बयान लिन जाँचबुझ आयोगले बोलाएमा लाखौँ कार्यकर्ता सिंहदरबार छिर्ने बताएका हुन् ।

ओलीसँगै खिचिएको फोटो अपलोड गर्दै उनले फेसबुकमा लेखेका छन्– ‘रवि लामिछानेलाई जस्तै ओलीको बयान लिन जाँचबुझ आयोगले बोलायो भने लाखौं कार्यकर्ता सिंहदरबार छिर्छन : महेश बस्नेत ।’

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न विध्वंशको छानबिन गर्न गठित आयोगले धमाधम बयान लिइरहेको छ । आयोगले पूर्वप्रधानमन्त्रीका हैसियतमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि बयानमा बोलाउने तयारी गरिरहेको छ ।

पूर्वप्रधानमन्त्री ओलीले भने आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै बयान नै नदिने अडान लिँदै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : २० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते