ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत « Khabarhub

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाइए लाखौँ कार्यकता सिंहदरबार छिर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता बस्नेतले ओलीको बयान लिन जाँचबुझ आयोगले बोलाएमा लाखौँ कार्यकर्ता सिंहदरबार छिर्ने बताएका हुन् ।

ओलीसँगै खिचिएको फोटो अपलोड गर्दै उनले फेसबुकमा लेखेका छन्– ‘रवि लामिछानेलाई जस्तै ओलीको बयान लिन जाँचबुझ आयोगले बोलायो भने लाखौं कार्यकर्ता सिंहदरबार छिर्छन : महेश बस्नेत ।’

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न विध्वंशको छानबिन गर्न गठित आयोगले धमाधम बयान लिइरहेको छ । आयोगले पूर्वप्रधानमन्त्रीका हैसियतमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि बयानमा बोलाउने तयारी गरिरहेको छ ।

पूर्वप्रधानमन्त्री ओलीले भने आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै बयान नै नदिने अडान लिँदै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : २० बजे

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र