सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै « Khabarhub

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रूसी नागरिलाई दिइदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ।

“युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,” इयू विदेश मामिला प्रमुख काजा कल्लासले एक्समा लेखेका थिए ।

उनले भने, “युरोपेली भूमिमा निरन्तर ड्रोन अवरोध र तोडफोडका घटनापछि इयूले रूसी नागरिकहरूको लागि भिसा नियमहरू कडा गर्दैछ।” धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।

ब्रसेल्सले भनेको छ, “अबदेखि रूसी नागरिकहरूले इयू यात्रा गर्ने योजना बनाउँदा प्रत्येक पटक नयाँ भिसाको लागि आवेदन दिनुपर्नेछ । यसले कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकहरूको नजिक र बारम्बार छानबिन गर्न अनुमति दिनेछ।” नयाँ नियमहरू ‘स्वतन्त्र पत्रकार र मानव अधिकार रक्षकजस्ता जायज मामिलाहरूको लागि अपवाद’ हुने बताइएको छ।

गत महिना नयाँ प्रतिबन्धहरूमा २७ सदस्य राष्ट्रहरूको समूह (इयू) मा तैनाथ रूसी कूटनीतिज्ञहरूको यात्रामा समूहले पहिले नै कडा नियन्त्रण गरिसकेको छ। रूसप्रति कडा अडान राख्ने केही देशहरूले युक्रेनमा युद्ध चलिरहेको बेला पर्यटनको लागि स्वतन्त्र रूपमा सहज यात्रा गर्न सम्भव छैन भन्दै लामो समयदेखि साधारण रूसीहरूमा कडा भिसा सीमाको लागि जोड दिइरहेका थिए ।

उनीहरूले सन् २०२२ मा रूससँगको आफ्नो भिसा सहजीकरण सम्झौता निलम्बन गरेको र सदस्य राष्ट्रहरूलाई रूसीहरूको लागि भिसामा ‘रोक’ लगाउन निर्देशन गरेको छ। ब्रसेल्सका अनुसार इयूले रूसीहरूलाई दिएको भिसाको सङ्ख्या युद्धअघिको ४० लाख थियो भने यो सन् २०२३ पछि घटेर पाँच लाखमा सीमित भएको छ।

कूटनीतिज्ञहरूले स्वीकृतिको सङ्ख्या पछिल्ला दिनहरूमा फेरि बढ्न थालेको बताएका छन् । पर्यटक आकर्षण केन्द्र फ्रान्स, स्पेन र इटाली यसरी सबैभन्दा धेरै भिसा प्रदान गर्ने देशहरू हुन्।

कडा रोक लगाउनु पर्ने पक्षधर मुलुकहरूले साधारण रूसीहरूले युद्धबाट बढी प्रभाव महसुस गर्नुपर्छ भन्ने कुरामा जोड दिए पनि, क्रेमलिनका विपक्षीहरूले समूहलाई युरोपबाट उनीहरूलाई अलग नगर्न आग्रह गरेका छन्।

विपक्षी नेता युलिया नाभाल्नायाले सेप्टेम्बरमा भनेका थिए, “व्यापक प्रतिबन्धहरू लगाउने निर्णय ‘गम्भीर गल्ती’ हुनेछ किनकि यसले सबै रूसीहरूप्रति युरोप शत्रुतापूर्ण धारणा राख्छ भन्ने क्रेमलिनको दावीलाई बढावा दिनेछ ।

उनले युरोपेली सङ्घलाई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका अभिजात वर्गलाई लक्षित गर्दै रूसी नेतालाई दबाब दिन प्रयास गर्न तर सबै रूसी नागरिकलाई आवतजावतमा रोक नलगाउन आग्रह गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : १४ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक