हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार « Khabarhub

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेशको माग अस्वीकार गर्दै मुद्दाको अन्तिम सुनुवाइका लागि मंसिर ९ गते मिति तोकेको हो।

आदेशमा प्रस्तुत रिट र यसअघिका समान प्रकृतिका मुद्दाहरू एउटै प्रकृतिका देखिएको भन्दै सबै रिट एकैसाथ विचार गरेर निर्णय गर्नु उपयुक्त ठहर गरिएको छ। अदालतले दुवै पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको छ।

सरकारले गत असोज ५ गते शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो। सो निर्णयसँग असन्तुष्ट शाक्यले आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै