काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।
अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गरेका हुन् ।
आफ्नो पार्टी छोडेर विभिन्न पार्टीमा गएका नेता तथा कार्यकर्तालाई ढोका खुला रहेको उनीहरूको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने अध्यक्ष यादवको भनाइ छ ।
मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप सङ्गठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने जसपाले निर्णय गरेको छ ।
अध्यक्ष यादवले भनेका छन्,‘यो पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडे पनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु ।’













प्रतिक्रिया