महामन्त्री थापालाई सहमहामन्त्री डिनाको प्रश्नः रुपान्तरणको नारा कहाँ पुग्यो? « Khabarhub

महामन्त्री थापालाई सहमहामन्त्री डिनाको प्रश्नः रुपान्तरणको नारा कहाँ पुग्यो?


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टी महाधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरेकाले कांग्रेसको संस्थागत छवि धमिलिएको टिप्पणी गरेकी छन्।

सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले करिब दुई महिनाअघि नै महाधिवेशन तयारीका लागि आग्रह गरे पनि त्यसमा ठोस प्रगति नभएको उल्लेख गरिन्।

उनका अनुसार, अधिवेशनसम्बन्धी तयारीमा ढिलाइले पार्टीभित्र भ्रम र असन्तुष्टि बढ्दै गएको छ।
उनले भनिन्, “अधिवेशनका लागि आवश्यक पूर्वकार्य नगरी बाहिर पार्टी विवादग्रस्त छ भन्ने सन्देश प्रवाह हुनु हाम्रो छविका लागि हानिकारक छ। यसले जनमानसमा नकारात्मक प्रभाव छरिरहेको छ र संगठन कमजोर देखिने अवस्था सिर्जना भएको छ। अब दोषारोपण होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय आएको छ।”

सहमहामन्त्री उपाध्यायले अधिवेशनलाई केवल औपचारिक प्रक्रिया होइन, पार्टीलाई सुदृढ पार्ने अवसरका रूपमा लिनुपर्ने बताइन्।

उनले थपिन्, “सबै मिलेर स्पष्ट निर्णयमा पुग्दै महाधिवेशनको तयारी अघि बढाउनुपर्छ। यही बाटो हाम्रो एकता र सशक्तताको आधार बन्न सक्छ।”

उनका अनुसार, सामूहिक जिम्मेवारी, पारदर्शिता, सहकार्य र आपसी विश्वासबाट मात्रै पार्टीलाई पुनः प्रभावकारी बनाउन सकिन्छ।

उपाध्यायले क्रियाशील सदस्यता नवीकरणमा समेत ढिलाइ भएको उल्लेख गर्दै पुरानै प्रवृत्तिअनुसार महाधिवेशन नजिकिएपछि मात्र हतारमा सदस्यता नवीकरण सुरु हुने प्रवृत्ति अझै नसुधारिएको बताइन्।

त्यसक्रममा उनले महामन्त्री गगन थापातर्फ लक्षित गर्दै सोधिन्, “रूपान्तरणको नारा कहाँ गयो? रूपान्तरण केवल व्यक्तिको अदलबदलमा सीमित रहने हो कि प्रणाली, व्यवहार र संस्कृतिको सुधारमा केन्द्रित हुने हो?”

उनले निष्कर्षमा भनिन्, “साँचो रूपान्तरण भनेको जिम्मेवारीप्रति इमानदारी र विधानप्रति निष्ठा हो।”

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ०८ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक