केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप « Khabarhub

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले पार्टीमा विवाद बढिरहेको आरोप लगाएका छन्। असोज २८ देखि जारी केन्द्रीय समिति बैठकअन्तर्गतको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै पौडेलले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिकामाथि प्रश्न उठाएका हुन्।

उनले जेनजी आन्दोलन नै महामन्त्रीहरूको भूमिकाको कारण भएको आरोप लगाए। ‘तपाईं पदाधिकारीज्यूहरूलाई हामी सबै सदस्यहरूले चिनेका छौँ। तपाईंहरूको मिलेमतोले यो अवस्था (जेनजी आन्दोलन र अराजकता) आउन मद्दत गरेको छ’ उनले भने, ‘तपाईंहरूले हामीलाई जलाएर खरानी घस्न होडबाजी गरिरहनु भएको छ। विशेष महाधिवेशनका लागि बकाइदा हस्ताक्षर गर्नुहोस्, हस्ताक्षर गर्नै चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुहोस भनेर पार्टी महामन्त्रीले आह्वान गर्ने हो ?’

४५ वर्षको सक्रिय राजनीतिमा अहिलेसम्म वडा अध्यक्षको टिकटसमेत नलिएको भन्दै पार्टीमा निस्वार्थ काम गरेकाहरूलाई पदाधिकारीले अपमान गरेको उनको भनाइ छ। महामन्त्री थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई देखाएर शक्ति प्रदर्शन गरिरहेको उनको आरोप छ।

‘भदौ २४ गतेसम्म हस्ताक्षर नगरेकालाई के गर्नु हुन्छ? हस्ताक्षर गराएर अलपत्र पार्नु भयो भने तपाईंहरूलाई इतिहासले के पुरस्कार देला ?,’ गगनतर्फ प्रश्न गर्दै उनले भने, ‘महामन्त्रीज्यू तपाईंलाई ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भोट हालेका थिए, आज तपाईंहरूले आह्वान गरेर करकापमा पारेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मात्र हस्ताक्षर भयो, ती सबै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूलाई सम्मान छ, तर तपाईंहरूलाई भोट दिएका नौ प्रतिशत साथीहरूले किन छाडे? तपाईंहरूको मधुरवाणी सुन्न मेरा कान आतुर छन्।’

उनले जेनजी आन्दोलन आउनुमा पार्टीका भातृ संगठनहरू तरुण दल र नेविसंघलाई सामयिक चलाउन नसक्नु कारण रहेको भन्दै त्यसको दोष महामन्त्रीहरूले लिनुपर्ने हो कि होइन भन्दै प्रश्न गरे। उनले सामाजिक सञ्जालमा आउने वक्तव्य वा प्रायोजित अनलाइनका समाचारले महाधिवेशन नहुने भन्दै गर्ने नै भए प्रक्रियाभित्र बसेर काम गर्न आग्रह गरे।
खासगरी सदस्यता व्यवस्थापन गर्न नसकेकोमा महामन्त्रीलाई उनको प्रश्न थियो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ४८ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने