चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं « Khabarhub

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले आगामी निर्वाचनमा भाग लिनुपर्ने बताएकी छन्। जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै प्रसाईंले जेनजी प्रदर्शन र त्यसपछिको अराजकताले संविधान र लोकतन्त्र संकटमा रहेको बताउँदै चुनावमा जानुपर्ने बताएकी हुन्।

‘जेनजी प्रदर्शनपछिको आराजकताले राष्ट्रका सबै अंग तहसनहस भए। संविधान एउटा टेकोमा अडिएको छ। यस्तो अवस्थामा चुनाव घोषणा भएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा नेपालका एउटा मात्र लोकतान्त्रिक पार्टीले चुनावमा जान्छौँ भनेर तत्काल निर्णय गरौँ। चुनावले मात्र संविधानको रक्षा गर्छ। हामीले चुनावमा हाछौँ कि जित्छौँ कस्तो परिस्थिति छ भनेर हिसाब गर्ने समय यो होइन। हामीले हार्ने निश्चित छ भने पनि चुनावमा गएर संविधान जोगाउनुपर्छ। संविधान र लोकतान्त्र रह्यो भने कांग्रेसले भोलि फेरि चुनाव जित्नेछ।’

उनले छिमेकी राष्ट्रका भूमिकादेखि अबको कूटनीतिक बाटोका विषयमा पनि कांग्रेसले छलफल गर्नुपर्ने बताइन्। विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशतले नियमित महाधिवेशनकै पक्षमा प्राथमिकता राखेको भन्दै यही केन्द्रीय समितिबाट कार्यतालिका ल्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

एक वर्षभन्दा अघिदेखि नेता डा. शेखर कोइरालाले नियमित समयमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आए पनि बहुमतले पेल्ने र पदाधिकारीहरू बहुमतकै पक्षमा उभिने प्रवृत्तिले अहिले पार्टीमा विवाद भइरहेको उनको भनाइ थियो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ११ : ०२ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने