भियतनामद्वारा दक्षिण चीन सागरमा द्विप निर्माण तीव्र « Khabarhub

भियतनामद्वारा दक्षिण चीन सागरमा द्विप निर्माण तीव्र


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा भियतनामले द्विपहरुको निर्माणलाई तीव्र पारेको छ । दक्षिण चीन सागरको स्प्राट्ले टापु समूहमा भियतनामले द्विपको निर्माण तीव्र पारेको हो ।

यस क्षेत्रमा चीनले पनि द्विपहरुको निर्माणहरु गरिरहेको छ । बालुवा, समुद्री चट्टानजस्ता पदार्थले बनाएका यी द्विपहरुमा २ माइल लामो धावनमार्ग, लडाकु विमान राख्ने सुविधा, खेलकुद केन्द्र, गोलीगठ्ठा भण्डारण केन्द्रजस्ता सुविधा रहेको जनाइएको छ ।

वाल स्ट्रिट जर्नलले भू–उपग्रह तस्बिरको विश्लेषणका आधारमा यस्तो जानकारी सार्वजनिक गरेको हो । दक्षिण चीन सागरमा चीन र भियतनामसँगै ब्रुनाइ, मलेशिया, ताइवान, फिलिपिन्सजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

आफ्नो दाबीलाई थप मजबुत बनाउन चीनले सैन्य प्रयोजनका लागि स्प्राट्ले टापु निर्माण गरिरहेको छ । चीनको चुनौतीलाई जवाफ दिन भियतनामले पनि टापु निर्माणलाई तीव्र पारेको जर्नलले उल्लेख गरेको छ ।

गत मार्च महिनासम्म चीनले दक्षिण चीन सागरमा ४ हजार एकडभन्दा धेरै द्विप निर्माण गरेको थियो । सो अवधिसम्म भियतनामले भने २ हजारभन्दा धेरै एकड टापु निर्माण गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : ०७ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा