विधान संशोधनको तयारीमा ओली : वरिष्ठ उपाध्यक्ष पद फर्काउने, पदाधिकारी संख्या बढाउने « Khabarhub

विधान संशोधनको तयारीमा ओली : वरिष्ठ उपाध्यक्ष पद फर्काउने, पदाधिकारी संख्या बढाउने


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशन्न एघारौँ महाधिवेशनको हलबाट विधान संशोधन गराउने सम्भवना बढेको छ।

त्यसका लागि उनले आफूनिकट नेताहरूसँग बाक्लो सम्वाद गरिरहेका छन् । ओलीले आफूलाई अध्यक्ष पदमा चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कमजोर बनाउने रणनीतिसहित विधान संशोधन प्रस्ताव महाधिवेशन हलमा लैजान लागेका हुन् ।

उनीनिकट नेताहरूका अनुसार २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनमा कायम पदाधिकारी संख्या (१९) नै कायम गर्ने गरी ओलीले छलफल थालेका छन् ।

अहिले एमालेमा १८ जना पदाधिकारी छन् । एकजना सचिव टोपबहादुर रायममाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा सजाय काटिरहेका छन् ।

उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङसमेत आफ्नोतर्फ खुलेपछि ओलीका लागि नेता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

अहिले एमालेमा महासचिवका लागि प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले तीव्र इच्छा देखाएका छन् । उता वर्तमान महासचिव शंकर पोखरेल पनि दोहोरिने दाउमा छन् ।

यस्तोमा ओलीले सबै नेतालाई अटाउने गरी १० औँकै पदाधिकारी कायम गर्ने गरी ११ औँ महाधिवेशनको हलमा विधान संशोधन प्रस्ताव लैजान छलफल अघि बढाएका हुन् ।

अध्यक्ष ओलीका विश्वासपात्र एवम् उपमहासचिव प्रदीप ज्ञवालीले एघारौँ महाधिवेशन अगाडि विधान संशोधन प्रस्ताव अघि बढ्न सक्ने बताएका छन्।

आइतबार खबरहबसँग कुरा गर्दै ज्ञावलीले एघारौँ महाधिवेशन अगाडि सचिवालय बैठकले निर्णय गरेर महाधिवेशनको हलबाट विधान संशोधनको निर्णय हुन सक्ने बताएका छन् ।

‘विधान संशोधन हुनसक्छ, यसबारेमा हामीले सबै कोणबाट छलफल गरिरहेका छौँ,’ज्ञवालीले खबरहबलाई भने, ‘महाधिवेशनको हलले चाहेको खण्डमा विधानका केही कुराहरू परिमार्जन हुन सक्छन्।’

ज्ञवालीले संकेत गरेअनुसार वरिष्ठ उपाध्यक्ष लगायतका पद फर्किने सम्भावना छ । ओलीले कात्तिक २० देखि २२ सम्म ललितपुरको गोदावरीमा भएको दोस्रो विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद हटाइदिएका थिए ।

तर आफूलाई चुनौती दिएका पोखरेल मानेमा उनलाई त्यही पदमा कायम राख्नेगरि विधान संशोधनमार्फत् हाल घटाएर १५ बनाइएको पदाधिकारी संख्या १९ या २१ पनि बनाउने रणनीति ओलीको छ।

तर यसअघि गुण्डु पुगेका पोखरेलले ओलीको उक्त प्रयासप्रति आपत्ति जनाएका छन् । उनले आफू अघि बढिसकेको अवस्थामा अब कुनै पद या प्रस्तावमा सहमति हुन नसक्ने जवाफ दिएका छन् । उनले प्रतिस्पर्धामै गएर सबै कुराको छिनोफानो गर्नु उचित हुने जवाफ ओ‌लीलाई दिएका छन्।

तर ओलीले पदाधिकरी संख्या बढाएर आफ्नोतिर खुलेका र १० औँ महाधिवेशनका सबै पदाधिकारीलाई कायम गर्दै, केही नयाँलाई पनि समेट्न विधान संशोधन गर्न चाहिरहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : २३ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा