सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य « Khabarhub

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

आइतबार खबरहबसँग कुरा गर्दै खड्काले आफू ४० वर्ष उमेरसम्मको युवा भएकाले सचिवालयमा तिनको प्रतिनिधित्वका लागि सचिवमा उठ्ने बताइन् ।

एमालेको काठमाडौंमै भएको नवौँ महाधिवेशनबाट २८ वर्षमा सबैभन्दा कान्छो युवा केन्द्रीय सदस्य भएकी खड्का दशौँ महाधिवेशनमा पनि त्यही पदमा दोहोरिएकी थिइन्।

दोलखा घर भएकी खड्का एमालेको इमान्दार र अध्ययनशील नेतृका रुपमा चिनिन्छिन्। उनले यो महाधिवेशनबाट एमालेको नयाँ नेतृत्व आउनुपर्ने मत राखेकी छन् । त्यस्तै पुस्तान्तरणको एजेण्डा पनि अगाडि बढ्नुपर्ने उनले बताएकी छन्।

‘म ११ औँ महाधिवेशनबाट एमालेमा नयाँ नेतृत्व आउनुपर्छ, पुस्तान्तरणको बहस अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु’, खड्काले खबरहबलाई भनिन्, ‘मैले सचिवमा उम्मेदवारी दिने निधो गरेकी छु, जित्छु पनि । मेरो माग नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने हो ।’

खड्काले यस पटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार दिने तयारी गरेकी छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ४६ बजे

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा