सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य « Khabarhub

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

आइतबार खबरहबसँग कुरा गर्दै खड्काले आफू ४० वर्ष उमेरसम्मको युवा भएकाले सचिवालयमा तिनको प्रतिनिधित्वका लागि सचिवमा उठ्ने बताइन् ।

एमालेको काठमाडौंमै भएको नवौँ महाधिवेशनबाट २८ वर्षमा सबैभन्दा कान्छो युवा केन्द्रीय सदस्य भएकी खड्का दशौँ महाधिवेशनमा पनि त्यही पदमा दोहोरिएकी थिइन्।

दोलखा घर भएकी खड्का एमालेको इमान्दार र अध्ययनशील नेतृका रुपमा चिनिन्छिन्। उनले यो महाधिवेशनबाट एमालेको नयाँ नेतृत्व आउनुपर्ने मत राखेकी छन् । त्यस्तै पुस्तान्तरणको एजेण्डा पनि अगाडि बढ्नुपर्ने उनले बताएकी छन्।

‘म ११ औँ महाधिवेशनबाट एमालेमा नयाँ नेतृत्व आउनुपर्छ, पुस्तान्तरणको बहस अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु’, खड्काले खबरहबलाई भनिन्, ‘मैले सचिवमा उम्मेदवारी दिने निधो गरेकी छु, जित्छु पनि । मेरो माग नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने हो ।’

खड्काले यस पटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार दिने तयारी गरेकी छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ४६ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली