सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु « Khabarhub

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस ‘खतरनाक अवस्था’ लाई सम्बोधन गर्दै मन्त्रालयले रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरेको छ, खोप डिसेम्बर १५ देखि सुरु हुनेछ र पाँच दिनसम्म चल्नेछ।”

“गाउँ, स्वास्थ्य संस्था र विद्यालयमा रहेका सबै बालबालिकालाई खोप लगाइने छ”, मन्त्रालयले भनेको छ। यसलाई ‘घातक रोग’ को रूपमा वर्णन मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई खोप तथा उपचारका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गरेको छ ।

यो चेतावनी सोमालियामा बिग्रँदो मानवीय अवस्था, बाढी र खडेरीलगायत निरन्तर द्वन्द्व र जलवायु परिवर्तनका झट्काहरूले जटिल बनाइरहेको बेला आएको हो।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : ३९ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग