वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी « Khabarhub

वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर निवासी वर्षीया २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय काबुल देवान छन्।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको उनले बताए।

घरायसी विवादका क्रममा कुटपिट गर्दा गम्भीर घाइते रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्यूरो अस्पताल वीरगञ्ज पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको लम्सालले बताए।

‘घरमा वाईफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

लम्सालका अनुसार हजुरबुवाले वाईफाई बन्द गर्न नाति-नातिनीलाई अह्राएका थिए। त्यसपछि किन बन्दै गर्ने भन्दै नाति-नातिनी हजुरबुवामाथि खनिएका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न दुवैजनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : ०६ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना