भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ | Khabarhub Khabarhub

भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध कल सेन्टर सञ्चालनमा संलग्न भएको अभियोगमा दुईजना भारतीय नागरिकसहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय नागरिकहरूले नेपालीको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडा‍मा लिई कल सेन्टर चलाएको खुलेको हो ।

उक्त कल सेन्टरबाट नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूलाई ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायत इलेक्ट्रोनिक्स उपकरणसहित पक्राउ गरिएको छ।

कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायत ग्याम्ब्लिङ एप्सहरूको दुरूपयोग गरी डिजिटल वालेटमा रकम जम्मा गर्न लगाएर सट्टाबाजी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

पक्राउ परेकामध्ये दुईजना भारतीय नागरिकसमेत सातजनाविरुद्ध सट्टाबाजी गर्न नहुनेसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

अन्य ४६ जनाविरुद्ध पनि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : १२ बजे

७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट 

काठमाडौं– आज साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

दमौली– जिल्लाको प्रसिद्ध देवघाट धाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार

बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या

ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको रिटमा १८ औँ पेशी, आदेश आउन सक्ने

काठमाडौं- काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय

निजी क्षेत्र संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग

काठमाडौं– निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा