सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री महर्जन  « Khabarhub

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री महर्जन 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने बताएका छन् । 

बुधबार नवलपुरको गैँडाकोटमा एमाले निकट यातायात व्यवसायीहरूको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । 

मन्त्री महर्जनले डिजिटल प्रविधि मार्फत सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रदेश सरकारको तर्फबाट काम प्रारम्भ गरिएको बताए । 

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री महर्जनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा भएको निजी क्षेत्रको लगानी डुब्दै गइरहेको, यातायात मजदुरहरू असुरक्षित महसुस गरी बिदेसिनु परिरहेको र जनताको सुरक्षित यात्राको अधिकार कुण्ठित हुँदै गइरहेको बताउदै यसलाई सुधार गर्न कानुन निर्माण र नियमावली निर्माणको काममा प्रदेश सरकारले द्रुतताका साथ काम गरिरहेको बताए । 

देशभरिका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सिण्डिकेट खारेजीका नाममा खारेज गरिएका यातायात व्यवसायीहरूका संघ समितिलाई नवीकरण गर्न सर्वोच्च अदालतले खुल्ला गरिदिएको भए पनि अहिलेसम्म कतिपय व्यवसायीहरूको सम्पत्ति फुकुवा नगरेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको फुकुवाका लागि संघ सरकारसँग समन्वय गर्ने बताए ।

आफूले यातायात व्यवसायीहरूको समस्यालाई नजिकबाट हेरिरहेको बताउँदै बागमती प्रदेशमा पनि सार्वजनिक यातायातको भाडा छिट्टै समायोजन गरिने बताए  । 

मन्त्री महर्जनले ढुवानी क्षेत्रमा विदेशी सवारीसाधनहरूको हस्तक्षेपका कारण लगानी संकटमा परेको बताउँदै त्यसलाई कूटनैतिक रूपमै निवारणका लागि पहल गरिने बताए । राइड शेयरिङको बढ्दो प्रभावले सार्वजनिक यातायात क्षेत्रलाई असर पारिरहेकाले सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राख्दै तत्काल कानुनी दायरामा ल्याइने बताए । 

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नेपालमा सार्वजनिक यातायातको इतिहास उल्लेख गर्दै १०८ वर्षको इतिहासमा सार्वजनिक यातायात क्षेत्र अझै पनि उद्योगको रूपमा विकास हुन नसकेको र दिनानुदिन बिग्रँदै गइरहेको बताए । 

नेपाल यातायात मजदुर संघको अध्यक्ष धर्मराज भण्डारीले यातायात श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्ने बताए । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले यातायात मजदुर तथा व्यवसायीहरूको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : ४० बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी